Wednesday, April 23, 2025

बीपी राजमार्ग : बढी भारवाहन क्षमताका सवारी नचलाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं– सर्वोच्च अदालतले बीपी राजमार्गको बनेपा-बर्दिबास खण्डमा बढी भारवाहन क्षमताका सवारीसाधनलाई सञ्चालन गर्न नदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

सर्वाेच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बीपी राजमार्गको बनेपा-बर्दिबास खण्डमा ३२ सिट क्षमताका गाडी र १६ टन भारवाहन क्षमता मालवाहक सवारी चलाउन दिने सरकारको निर्णयलाई तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

१३ जेठमा यातायात व्यवस्था विभागले बढी भारवाहन क्षमताका गाडी सञ्चालनको अनुमति दिएपछि अधिवक्ता कैलाश दाहालले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

बाटो साँघुरो भएर सडकको सुरक्षा नहुने तथा अस्वस्थ प्रतिस्पर्धाको कारण दुर्घटना बढ्न सक्ने ,वातावरणीय असर र प्रदूषणका कारण जनताको जिउधनको असुरक्षा हुने उनको तर्क थियो।

यसअघि विभागले गत मंसिर १९ मा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी १८ सिटभन्दा बढी क्षमताका यात्रुवाहक सवारी साधनलाई सञ्चालन नगर्न भनेको थियो। त्यति बेला विभागले सवारी साधनसहित १० टनभन्दा बढी क्षमताका गाडीलाई रोक लगाउन पत्राचार गरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार