Saturday, September 21, 2024

सडकको बेथिति : पैदलयात्रुलाई सास्ती

काठमाडौं– यति वेला मन्त्रीहरु आफ्ना नयाँ योजना र नीतिहरु सार्वजनिक गर्न व्यस्त छन् । मन्त्रीहरु विभिन्न स्टन्ट गरेर प्रचारमा आउन तँछाडमछाड गरीरहेका छन् । आइतबार मात्रै गृहमन्त्री राम बहादुर थापा र वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले थापाथली चोकमा सवारीसाधनहरुको प्रदूषण जाँच गरेर निकै चर्चा कमाए ।

तर, सडकमा अझै पनि यति बेथिति छ कि त्यसको समाधान गर्ने तर्फ कसैको ध्यान गएको देखिदैन् । काठमाडौंको उपत्यकाको न ट्राफिकजाम घटेको छ, न सडकको बेथिति समाधान भएको छ ।

उदाहरणको लागि काठमाडौंमा जेब्राक्रसलाई लिन सकिन्छ । काठमाडांैको चक्रपथमा पैदल यात्रुहरुका लागि जेब्राक्रस भेट्टाउन नै कठिन छ । आकाशेपुल पनि निकै टाढा छन् । यति मात्र होइन, राजधानीका अन्य दर्जनौ ठाउँमा भरपर्दाे जेब्राकस छैन् । उसो त भएका जेब्राक्रसको पनि पालना भएको छैन् । तर, यसलाई पालन गराउने तर्फ कसैको ध्यान पुगेको छैन् । धेरै ठाउँमा जेब्राक्रसको रेखाङ्कन पनि नदेखिने भईसकेको छ जसका कारण सामान्य जनताले दु्ःख पाइरहेका छन् ।


तस्वीरहरु: अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार