Saturday, October 26, 2024

कर्ण शाक्यले फेवाताल किनारामा बनाएको संरचनाबारे छानविन गर्न समिती

काठमाडौं– फेवाताल किनारामा निर्माण भएको गैरकानुनी संरचनाबारे छानबिन गर्नका लागि सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा एक समिती गठन गरेको छ ।

सो समितीले विशेषत पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टबारे छानविन गरी प्रतिवेदन पेश गर्नेछ । छानबिनको लागि सो समिती पोखरा पुगिसकेको छ ।

समितिका सदस्यमा नापी विभागबाट प्रशान्त घिमिरे, मालपोतबाट कानून अधिकृत विष्णु घर्ति, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सिनियर डिभिजनल क्यामिस्ट कल्पना श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयबाट हुमनाथ पाण्डे सदस्य रहेका छन्। सर्वोच्च अदालतले शाक्यले फेवा किनारमा निर्माण गरेको होटल ६५ मिटर भित्र छ वा छैन भनी छानविन गर्न सरकारलाई आग्रह गरेको थियो । सो समितीको आधारमा सरकारले दुई महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ ।

ताजा समाचार

सम्बन्धित समाचार