Saturday, October 26, 2024

डोल्पाको त्रिपुराकोटमा ‘एक घर एक धारा’

त्रिपुराकोट– त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोटवासीलाई अब पुस्ताँैदेखि खोलाको दूषित पानी पिउनु पर्ने बाध्यताबाट मुक्त भएका छन् ।

पञ्चवर्षीय योजनाका रुपमा काम शुरु गरिएको बुराउँसे खोला खानेपानी आयोजना सम्पन्न भएपछि त्रिपुराकोटका १०० घरधुरी दूषित पानी पिउनुपर्ने बाध्यताबाट छुट्कारा पाएका हुन् ।

‘सयौँ वर्षअघिदेखि सिधै खोलाको पानी पिउनुपर्ने बाध्यता थियो, अहिले नौ हजार मिटर टाढा बुराउँसे खोलाबाट स्वच्छ खानेपानी वडा नं १ का सबै घरमा आपूर्तिहुन्छ’, त्रिपुरासुन्दरी–१ का दिलीप गिरीले भने ।

‘योभन्दा अगाडि खोलाबाट आएको बालुवायुक्त पानी पिउनुपर्ने बाध्यता थियो, दूषित पानी प्रयोग गरेकै कारण गाउँमा टाइफाइड, झाडापखाला, रुघाखोकी, आउँका बिरामी धेरै हुन्थे ।’ सो आयोजना अनुदान र श्रमदान गरेर रु ६० लाखको लागतमा निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष पुरीप्रसाद हमालले बताए । रासस

ताजा समाचार

सम्बन्धित समाचार