Saturday, October 26, 2024

८० भन्दा बढी प्लाष्टिक ब्याग निलेपछि थाइल्याण्डमा व्हेलको मृत्यु

काठमाडौं– ८० वटा भन्दा प्लाष्टिकको व्याग निलेपछि थाइल्याण्डको दक्षिणी भागमा एक व्हेलको मृत्यु भएको छ । सो व्हेललाई उद्धार गरेर वचाउन गरीएका सम्पूर्ण प्रयासहरु विफल भएको सरकारी अधिकारीहरुले जानकारी बताएका छन् ।

थाइल्याण्ड सबैभन्दा बढी प्लाष्टिकको झोला प्रयोग गर्ने मुलुकहमध्ये एक मानिन्छ । जसका कारण प्रत्येक बर्ष समुन्द्रमा रहने सयौ जिवहरु मर्ने गरेका छन् । यसको पछिल्लो शिकार एक व्हेल भएको थियो जसलाई मलेसियाको सिमानामा पर्ने एक नहरमा एकदमै गम्भीर अबस्थामा भेटिएको थियो । त्यहाँको भेटेनरी टिमले उपचार गरेर वचाउने प्रयास गरेपनि सफल नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

पछि परिक्षणको क्रममा झण्डै ८ किलोग्राम प्लाष्टिक पेटमा भेटिएको थियो । उद्धार गर्ने क्रममा सो व्हेल माछाले पाँचवटा व्याग चाहि बान्ता गरेको थियो । विज्ञहरुका अनुसार पेटमा ८० वटा प्लाष्टिक व्याग भएका कारण सो व्हेलले अन्य पौष्टिक खानेकुरा खान पाएको थिएन । प्लाष्टिकका कारण वार्षिक रुपमा ३०० भन्दा बढी जनावरको मृत्यु हुने गरेको सरकारी अधिकारीहरुले अन्तराष्ट्रिय सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् ।

विज्ञहरुले यसलाई मुलुकको ठूलो समस्याको रुपमा व्याख्या गरेका छन् तर समाधान गर्नेतर्फ कसैको पनि ध्यान गएको छैन् । थाइल्याण्डमा मात्र होइन संसारभरी नै समुन्द्रमा प्लाष्टिकको प्रदूषण एक प्रमुख वाताववरणिय समस्याको रुपमा देखा परेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार