Saturday, October 26, 2024

निर्धारित समय अगावै मनसुन : मौसमविद् श्रेष्ठ (अडियोसहित)

[zoomsounds_player artistname=”Bihani kura mausam” songname=”Bihani kura mausam” type=”audio” dzsap_meta_source_attachment_id=”4953″ source=”http://www.hakahakionline.com/np/wp-content/uploads/2018/06/Bihani-kura-monsoon-jesta-20-.mp3″ thumb=”http://www.hakahakionline.com/np/wp-content/uploads/2018/02/paani-logo.png” config=”default” autoplay=”off” loop=”off” open_in_ultibox=”off” enable_likes=”off” enable_views=”off” play_in_footer_player=”off” enable_download_button=”on” download_custom_link_enable=”off”]

दक्षिण भारतमा प्रवेश गरिसकेको यस वर्षको मनसुन नेपालमा पनि केही दिनमै सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको मनसुन नेपालमा कहिलेबाट सुरू हुन्छ ? यसै विषयमा केन्द्रित रहेर जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठसँग सगरमाथा र हाकाहाकी लागि संझना मर्हजनले गरेको कुराकानीः

–यसपालीको मनसुन निर्धारित समयमै भित्रिन्छ त ?

अहिलेसम्मको स्थिती हेर्दा नेपालमा मनसुन जुन १० तारिख या त्यो भन्दा अगाडि नै आउने देखिएको छ । दक्षिण भारतमा मनसुन यहि हप्ताको सुरूवातमै आइसकेको छ भने त्यसले दक्षिण भारतमा धेरै पानी पनि पारिरहेको छ । त्यही मनसुनी रेखा नेपालमा सर्ने क्रममा रहेको छ जसले गर्दा सामान्यतया जुन १० को आसपासमा सुरू हुने मनसुन १÷२ दिन अगाडि नै सुरू हुने देखिएको छ ।

–मनसुन अगावै पानी पर्ने र रोकिने क्रम चलिरहेको, यसले के संकेत गर्छ ?

प्रि–मनसुनको अन्तिममा रहेपनि बंगालको खाडीबाट निरन्तर रूपमा जलवाष्प आइरहँदा धेरै जसो ठाँउमा पानी परिरहेको हो । प्रि–मनसुनको पानीले मनसुनको पानीलाई खासै प्रभाव पार्ने देखिदैन ।

–कस्तो रहन्छ त यसपालीको मनसुनी वर्षा ?

यसपालीको मनसुनमा औसत पानी पर्ने पूर्वानुमान छ । जसका कारण मनसुन राम्रो हुनेछ ।

–यसपाली मनसुनी वर्षा अरू समय भन्दा बढि हुने प्रक्षेपण पनि भएको थियो नि ?

औसत नै पानी पर्ने देखिन्छ । औसत भन्नाले विगत ३० वर्षको डाटालाई आधार मानेर ९० देखि १ सय १० प्रतिशत पानी पर्नेलाई मानिन्छ ।

–मनसुनमा हुने वर्षाबाट कत्तिको सतर्क रहनुपर्छ ?

मनसुनी वर्षाबाट त सजग रहनु नै पर्छ । किनकी नेपाल पहाडी मुलक हो । पहाडी क्षेत्रमा पहिरो,खोला, नदिको क्षेत्रमा बाढी आउने संभावना हुन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार