Saturday, October 26, 2024

यस्तो छ प्रदेश ३ सरकारको वातावरण र वन सम्बन्धी योजना

काठमाडौं– प्रदेश ३ प्रमुख अनुराधा कोइरालाले प्रदेश सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । सो निती तथा कार्यक्रममा वन र वातावरण सम्बन्धी विषयहरुलाई यसरी समेटिएको छ :

– आगामी विसं ०८५ देखि काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतिमा पेट्रोलियम पदार्थमा आधारित सवारी साधनमा पूर्ण प्रतिबन्ध लगाउने 
– बाढी, पहिरो, आगलागी र प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई राहत उपलब्ध गराउन तथा उद्धारमा सहयोग गर्न प्रदेश विपद व्यवस्थापन कोष स्थापना गर्ने 
– भिमफेदी(कुलेखानी सुरुङ मार्ग परियोजना’ अघि बढाउने
– सफा प्रदेश निर्माण
– जलवायु परिवर्तनको असर न्यूनीकरण
– जलाधार पुनरुत्थान कार्यक्रम
– सार्वजनिक क्षेत्र सरसफाइ अभियान
– हरियाली सडक निर्माण
– प्रदुषण नियन्त्रणका कार्यक्रम
– नदीहरुको वहाव सन्तुलन गर्ने कार्यक्रम संचालन
– जथाभावी डोजर एवं स्काभेटर लगाएर भुक्षय बढाउने र वन विनास गर्ने कार्य तत्काल रोकिने र त्यस्तो काम प्राविधिक परिक्षणको आधारमा मात्र गर्ने व्यवस्था गरीने ।
– आगामी तिन बर्षभित्र प्रदेश नं ३ प्लाष्टिक झोलामुक्त बनाइने
– नदीको अध्याधिक दोहन रोकिने केही निश्चित नदी र डाँडाबाट मात्र वालुवा, गिटीहरु उत्खनन गरीने
– प्रदेशलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरीने

ताजा समाचार

सम्बन्धित समाचार