Saturday, October 26, 2024

१ लाख वन उपभोक्ता थपिदै

काठमाडौं– देशभर १ लाख वन उपभोक्ता थपिएका छन् । वन उपभोक्ता दिवसका अवसरमा राजधानीमा आयोजीत कार्यक्रममा नेपालमा रहेका सामुदायिक वन उपभोक्ता समुह बढेसँगै करिब १ लाख घरधुरी उपभोक्ता बढेको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)ले जानकारी दिएको हो ।

अहिले नेपालमा १९ हजार ३ सय ६१ भन्दा बढि उपभोक्ता समुहहरु सकृय रहेको फेकोफनका सचिवालय सदस्य ठाकुर भण्डारीले जानकारी दिए । ‘सरकारको आधिकारीक तथ्यांक अनुसार अहिलेसम्म १९ हजार ३ सय ६१ समूह छन् ’, उनले भने, ‘अब करिब साढे २२ हजार सामुदायिक वन भइसकेको सरकारबाट जानकारी आएको छ तर त्यसको ड्राफ्ट हुन बाँकी छ । ’

उनका अनुसार नेपालमा हाल साढे २२ लाख घरधुरी उपभोक्ता रहेकोमा सामुदायिक वनको संख्या नै थपिएपछि साढे २३ लाख उपभोक्ता पुग्नेछन् । नेपालमा डेढ करोड उपभोक्ताहरु रहेकोमा अब थपिएपछि झण्डै १ लाख घरधुरी वन उपभोक्ता थपिने फेकोफनले जनाएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल फेकोफन स्थापनाको दिन पारेर सो दिवस मनाउने गरिन्छ । २०५२ साल जेठ १८ गते फेकोफनको स्थापना भएको थियो । वन, जंगल र हरियालीका कारण ‘हरियो वन नेपालको धन’ भन्ने नाराले चिनिएको नेपालमा वन क्षेत्रको संरक्षण, सम्वद्र्धन र उपभोगमा संलग्न उपभोक्तालाई थप जागरुक बनाउन वन उपभोक्ता दिवस मनाउने गरिएको फेकोफनले जनाएको छ । दिवसका अवसरमा फेकोफनले उपभोक्ताहरु , वन तथा वातावरणमन्त्री र सचिवको उपस्थितीमा छलफल कार्यक्रम नै गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार