Saturday, October 26, 2024

आठ हजार विरुवा वितरण

काठमाडौं–हरियाली प्रवद्र्धन गर्ने उदेश्यले उपत्यकाका शहरी भेगमा शुक्रबार ८ हजार २ सय विरुवा वितरण गरिएको छ ।

विश्व वातावरण दिवसका अवसरमा एक घरलाई २ विरुवा वितरण गरिएको जिल्ला वन कार्यालय काठमाडौंका प्रमुख रामबाबु पौडेलले जानकारी दिए । वितरण गरिएका ती विरुवालाई स्थाीनय खाली जग्गा तथा गमलामा रोप्ने छ । उपत्यकाको बाहिरी भाग हराभरा भएपनि भित्री भाग र सडक पछिल्लो समय उजाड जस्तै देखिएकाले वृक्षारोपणलाई जोड दिइएको प्रमुख पौडेलले जानकारी दिए ।

उनका अनुसार त्यसरी बाडीएका विरुवामा मुख्यतय धुपी, कल्की र दालचिनीका विरुवा छन् । बुद्धनगरमा मात्र ७ सय ५० वटा विरुवा वाँडिएको छ । विभिन्न नगरपालिकाका मेयर र वडाका अध्यक्षले विरुवा बाँडेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार