Saturday, October 26, 2024

ओखरपौवामा फोहोर विर्सजनमा अवरोध, महानगरसँग छैन वैकल्पिक ब्यवस्था

नुवाकोट– ओखरपौवाका स्थानीयवासीको शुक्रबार बिहानदेखि काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अबरोध सिर्जना गरेका छन् ।

काठमाडौँको तीनपिप्लेदेखि फोहर विसर्जन हुँदै आएको स्थान सिसडोलसम्म भइरहेको सडक कालोपत्रेको काम गुणस्तरीय नभएको भन्दै फोहर बोकेर आएका गाडी स्थानीयवासीले रोकेको प्रहरी चौकी ओखरपौवाका प्रमुख प्रहरी सहायक निरीक्षक पशुपति पाठकले जानकारी दिए ।

उनका अनुसार स्थानीयवासीको अवरोधले काठमाडौँबाट फोहर बोकेर आएका करीब १०० वटा गाडी अहिले तीनपिप्ले क्षेत्रमा नै रोकिएका छन् । काठमाडौँ महानगरपालिकामार्फत ठेक्का लगाएर तीनपिप्लेदेखि सिसडोलसम्मको करीब नौ किलोमिटर सडकको जारी रहेको कालोपत्रेको काम गुणस्तरहीन भएकाले फोहरका गाडी रोक्न बाध्य भएको स्थानीयवासी लालबहादुर बलामीले बताए ।

काठमाडौँ उपत्यकामा दैनिक उत्पादन हुने एक हजार ५०० भन्दा बढी टन फोहरको विसर्जन यहाँको ओखरपौवास्थित सिसडोलमा गरिँदै आएको छ । योसँगै काठमाडौंमा प्रदूषणको बढ्ने भएको छ । यसको वैकल्पिक ब्यवस्था के हुने भन्ने महानगरले केही वताएको छैन् । रासस

ताजा समाचार

सम्बन्धित समाचार