Friday, October 25, 2024

‘वर्ष बित्यो, मास्कमात्रै बिक्यो मेयर ज्यू’

काठमाडौं–काठमाडौंको प्रदूषण घटाउने, सम्पदा पुर्ननिर्माण गर्ने लगायतका कार्यहरुमा महानगरले कुनै प्रगती नगरेको भन्दै विपक्षी दलहरुले विरोध गरेका छन् । उनीहरुले चुनावको वेला मेयरले गरेका वाचाहरु सम्झन् र त्यस अनुरुप काम गर्न समेत आग्रह गरेका छन् ।
विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरले चुनावमा गरेको बाचा पूरा नगरेका वताएको छ । सो पार्टीले काठमाडौं महानगरपालिका अगाडि, वर्ष बित्यो, मास्कमात्रै बिक्यो मेयर ज्यू, १०१ काम होइन भ्रम रहेछ, मेयरको बाचा हराएको सूचना लगायतका प्लेकार्ड सहित विरोध गरेको छ । विवेकशील पार्टीको तर्फबाट मेयरमा प्रतिस्पर्धा गरेकी रन्जु दर्शना सो कार्यक्रममा सहभागी थिइन् ।
त्यसैगरी नेपाली काँङग्रेसको तर्फबाट महानगर प्रमूखमा उम्मेदवारी दिएका राजुराज जोशीले एक पत्रकार सम्मेलनको आयोजना गदै सम्पदा संरक्षणको नाममा मास्ने काम भइरहेको आरोप लगाए । उनले प्रदुषण क मगर्ने लगायतका कुनै पनि क्षेत्रमा प्रगती नभएको वताए ।

ताजा समाचार

सम्बन्धित समाचार