Tuesday, April 22, 2025

चिलीमा प्लाष्टिक प्रतिबन्ध, जर्मनीको हेम्बर्गमा डिजेल गाडीमा रोक

तस्बिर : एजेन्सी

काठमाडौं–चिलीको संसदले मुलुकभरका सबै पसलहरूमा प्लाष्टिकको प्रयोगमा प्रतिवन्ध लगाउने सम्बन्धी एक प्रस्तावको पक्षमा मतदान गरेको छ।

विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा लिइएको यो निर्णयलाई ऐतिहासिक कदमको रुपमा लिइएको छ।

यससँगै अमेरिकी महाद्विपमा प्लाष्टिकलाई प्रतिबन्ध लगाउने एउटै र पहिलो मुलुक चिली वनेको छ। शुरुमा चिलीले पाटोगोनिया र केही तटीय क्षेत्रमा प्लाष्टिकलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। र, पछि यसलाई देशभर नै विस्तार गरियो।

निर्णय अनुसार पहिलो एक वर्षमा ठूला पसलहरूमा कार्यान्वयन गरिने छ, भने दोस्रो वर्ष साना व्यापारी तथा पसलहरूमा समेत कार्यान्वयन गरिने छ। यस अगाडि सन् २०१७ को अक्टोबरमा चिलीले संयुक्त राष्ट्रसंघको महासभामा सो विधेयक ल्याउन लागेको घोषणा गरेका थिए।

यसैगरी, जर्मनीको हैमम्बर्ग सहरमा डिजेलबाट चल्ने सवारी साधानहरुमा प्रतिबन्ध लगाइएको छ।

गत वर्षको फेब्रअरी महिनामा त्यहाँको संघीय अदालतले डिजेलबाट चल्ने पुराना गाडीमा प्रतिबन्ध लगाउनु कानुसम्मत नै हुने आदेश दिएपछि बन्द गर्ने प्रक्रिया अगाडि बढाइएको थियो। धेरै डिजेल इन्जिनको आविष्कार गर्ने जर्मनीमा नै यो विरुद्धको अभियान उठिरहेको छ।

युरोपियन युयिनका धेरै सहरहरूमा डिजेलबाट चल्ने गाडी लगाउने सम्वन्धमा वहस एवं छलफल भइरहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार