तनहुँ– तनहुँको भानु नगरपालिका–३, तुरतुरेस्थित मर्स्याङ्दी नदीबाट एक्साभेटर प्रयोग गरी अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ग १ क २६४८ नंको एक्साभेटर र लु १ त १७०८ नंको ट्र्याक्टरलाई चालकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
अवैधरुपमा ढुंगा, गिट्टी बालुवाको उत्खनन र ओसारपोसार गरिरहेको अवस्थामा ती सवारीसाधन फेला परेकाले नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा पठाइएको हो प्रनाउ मल्लले बताए।
एक सातायता जिल्ला प्रहरी कार्यालय, तनहुँले मस्र्याङ्दी, सेती, मादीलगायतका नदीबाट नियन्त्रणमा लिएका डेढ दर्जन सवारीसाधन कारबाहीका लागि जिल्ला समन्वय समितिमा पठाएको जनाएको छ। रासस