अशुद्ध खानेपानी बेच्ने कम्पनीमा शिलबन्दी

तस्बिर सौजन्य : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको निजी सचिवालय।

काठमाडौं– सरकारले अशुद्ध खानेपानी बिक्री गरेको भन्दै काठमाडौंको सगरमाथा फुड एण्ड वेभरेज प्रालिमा शिलबन्दी गरेको छ।

सगरमाथाले जारमा शिल नलगाई बजारमा पानी पठाउने गरेको, पानी शुद्धीकरण नगरी सोझै जारमा भर्ने गरेको र फुटेको बिर्को टेपले टाँसेर पानी बजारमा पठाउने गरेको पाइएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खानेपानी व्यवस्थापन बोर्ड र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले शिलबन्दी गरेको हो।

यसैगरी, मातातीर्थस्थित दुवा फुड प्रोडक्ट एण्ड वेभरेज प्रालिमा २९ वटा पुराना जार अनुगमन टोलीले नष्ट गरेको छ।
स्प्रिङ मिनरल वाटर मातातीर्थ प्रालिलाई ७ दिनभित्र स्पष्टिकरण पेश गर्न आदेश दिइको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए।

अगुगमन टोलीले बुधबार चार वटा पानी उद्योगमा अनुगमन गरेको थियो।

सनसाइन विभरेज प्रोडक्सन प्रालि, मातातीर्थले मुहानको सरसफाइ नभएको तथा ट्यांकीका बिर्कोहरु खुल्ला रुपमा रहेको मुहानको सरसफाइमा उचित व्यवस्थापन गर्न, ट्यांकरबाट वितरण गर्ने पानीमा पनि क्यालोरी अनिवार्य रुपमा राख्न, स्टोरेज ट्यांकीको नियमित सरसफाइ गर्ने, ट्यांकीमा बिर्कोको व्यवस्था गर्न र उपरोक्त सम्पूर्ण काम सम्पन्न गरी एक महिनाभित्र फोटोसहित यस विभागमा प्रमाण पेश गर्न निर्देशन दिइएको उनले जनाए।

ताजा समाचार

सम्बन्धित समाचार