Tuesday, April 22, 2025

आर्थिक सर्वेक्षण भन्छ-१२२ ढुंगेधारा, इनार र कुवाको संरक्षण

तस्बिर : अमिष रेग्मी

काठमाडौं–उपत्यकामा रहेका प्राचिन ढुंगेधारा, इनार र कुवा संरक्षणको अभावमा लोप हुँदै गइरहेका बेला काठमाडौं उपत्यका खानेपानी विकास बोर्ड संरक्षण एवं सम्वर्द्धनमा लागेको छ।

अर्थमन्त्री युवराज डा युवराज खतिवडाले १४ जेठमा संसदमा प्रस्तुत गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा २०७४ मा १ सय २२ वटा ढुंगेधारा, इनार र कुवाको संरक्षण गरिएको उल्लेख छ।

नेपाली इतिहास, संस्कृति तथा पुरात्व विभाग कीर्तिपुरका उपप्राध्यापक डा. सन्ध्या खनाल पराजुुलीका अनुसार काठमाडौंमा २ सय ४, पाटनमा ६३ र भक्तपुर नगरपालिकाभित्रमा ९८ गरी ३ सय ६५ ढुंगेधारा रहेकोमा ७३ वटा लोप भइसकेका छन्। ढुंगेधारा उनीहरुको सामाजिक र सास्कृतिक पक्षसँग पनि जोडिएको उनी बताउँछिन्।

यसैगरी, वर्षातको पानी संकलन कार्यक्रमबाट काठमाडौं उपत्यकाका ६१ हजार जनसंख्या लाभान्वित भएको सर्वेक्षणमा उल्लेख छ। सर्वेक्षण अनुसार २ सय ३५ सामुदायिक विद्यालय, ७१ सार्वजनिक भवन र ३९ सरकारी भवनमा वर्षातको पानी संकलनको विधि अपनाइएको छ।

सम्बन्धित समाचार
लोप हुँदैछन् ढुंगेधारा, भएकामा पनि आउँदैन पानी

ताजा समाचार

सम्बन्धित समाचार