Tuesday, April 22, 2025

भारतमा भीषण आँधीः ५० को मृत्यु


Photo Source : GETTY IMAGES

काठमाडौं–भारतका तीनवटा राज्यमा भीषण आँधीका कारण ५० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उत्तर प्रदेश, विहार र झारखण्डमा मंगलबार रातभर चलेको आँधी चल्नुका साथै  चट्याङ समेत परेको थियो।

घटनामा उत्तर प्रदेशमा १५, बिहारमा २० र झारखण्डमा १२ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले बताएका छन्।
उत्तरखण्डको उत्तरकाशीमा आँधीका कारण रुख ढल्दा तीन बालबालिकाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

उत्तर प्रदेशको उन्नाव, रायबरेली, कानपुुर, पिलिभित जिल्ला आँधीबाट बढी प्रभावित भएका छन्।

भारतीय मौसम विभागले जम्मु कश्मिर, हिमाचल प्रदेश, पुर्वी मध्य प्रदेश, छत्तीसगढ, विहार, झारखण्डमा तिव्रगती हावाहुरी चल्नुका साथै चट्याङ पर्ने पूर्वानुमान गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार