Friday, October 25, 2024

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन – चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट बुधबार बिहान एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैँडाको आक्रमणमा परी ५० वर्षीय अर्जुन क्षेत्रीको मृत्यु भएको हो ।

गैँडाले आक्रमण गरेर गम्भीर घाइते बनाएका उनलाई उपचारका लागि बुधबार बिहान १ः१५ बजे कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा ल्याइएको थियो ।

उनको उपचारकै क्रममा रातिनै ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई परीक्षणका लागि अहिले भरतपुर अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार