Friday, September 20, 2024

फुटपाथमै सुरक्षा पोस्ट, पैदलयात्रु कहाँ हिँड्ने? (फोटो फिचरसहित)

काठमाडौं– सडक किनारामा फुटपाथ हुन्छ । जहाँ पैदलयात्रु हिँड्छन्। गाडी ओहोरदोहार गर्न पाउँदैनन् भने निर्माण सामग्री राख्न तथा अन्य संरचना बनाउन मिल्दैन । तर, काठमाडौं राजधानीमा भने पदैलयात्रु हिँड्ने फुटपाथलाई मिचेर संरचना बनाउने, सुरक्षा पोस्ट राख्ने गरिएको छ ।
विभिन्न सरकारी तथा सार्वजनिक कार्यालय, कुटनीतिक निकाय, दुतावास र अन्य निजी क्षेत्रका कार्यायको अगाडिको फुटपाथ मिचिएको पाइएको छ । ती कार्यालय तथा संस्थानले सुरक्षा पोस्ट र पार्किङका नाममा फुटपाथ र खाली जमिन अतिक्रमण गर्दै आएका छन् । यसरी फुटपाथ अतिक्रणमा पर्दा पैदलयात्रुले सडकबाट हिँड्नुपर्ने बाध्यता रहेको छ। जसकारण दुर्घटना निम्तिने खतरा पनि बढ्दो छ ।
हाकाहाकीका फोटो पत्रकार अमिष रेग्मीले तस्वीरमा उतारेका केही उदाहरण हेर्नुस्

नारायणहटी दरबार संग्राहलयको उत्तर गेट छेउमा रहेको युरोपियन युनियनको गेट अगाडि फुटपाथमा राखिएको सुरक्षा पोस्ट ।
लाजिम्पाटको पानीपोखरीस्थित खानेपानी तथा ढल निकास विभागको गेट अगाडि राखिएको विद्युतीय ट्रान्समिटर ।
बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको भवन अगाडि फुटपाथमै पार्किङ गरिएका सवारीसाधन ।
विशालनगरस्थित रुसी दुतावासको भित्ता अगाडि फुटपाथलाई बनाइएको बगैचा ।
अनामनगरको हनुमानस्थानस्थित सिंहदरबारको भित्तासँगै जोडिएको फुटपाथमा निर्मित सुरक्षा निकायको चेक पोस्ट ।
भैंसेपाटीस्थित इजिप्ट राजदुतको आवास अगाडिको फुटपाथमा राखिएको सुरक्षा पोस्ट ।
बबरमहलस्थित जिल्ला अदालत काठमाडौंको भवन अगाडि फुटपाथमै पार्किङ गरिएका सवारीसाधन।

ताजा समाचार

सम्बन्धित समाचार