Friday, October 25, 2024

महाकालीमा साहसिक जलयात्राका लागि अध्ययन

कञ्चनपुर– भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ)का लागि सम्भाव्यता अध्ययन गरेको छ ।
महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका लागि नगरपालिकाले ¥याफ्टिङ कम्पनीबाट सम्भाव्यता अध्ययन गराएको हो ।
महाकाली नदीको बहुप्रयोग योजना अन्तर्गत भीनपा–९ मा ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । गत वर्षको स्थानीय तह निर्वाचनमा महाकाली नदीको बहुप्रयोग भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको चुनावी एजेण्डा थियो ।
नगर प्रमुख विष्टले नदीको बहुप्रयोगको एजेण्डाअनुसार ¥याफ्िटङ सञ्चालनका लागि तयारी अघि बढाएका हुन् । नगर प्रमुख विष्टले धार्मिक पर्यटनलाई मध्यनजर गरी ब्रह्मदेवदेखि भित्री मधेशको फर्सवानसम्म ¥याफ्टिङ सञ्चालन गरिने बताए ।
भीनपाले पर्यटन मन्त्रालयलाई ¥याफ्टिङ सञ्चालन सहयोगका लागि यसअघि नै पत्र पठाएको थियो । कैलालीको कर्णाली ¥याफ्टिङ एण्ड एडभेन्चर प्रालि भीनपाको सहयोगमा ¥याफ्टिङ सञ्चालनका लागि इच्छुक देखिएको छ । कम्पनीका सञ्चालक देवराज जैशीले भारतीय कम्पनीसित सहकार्य गरी छिट्टै ¥याफ्टिङ सञ्चालनको तयारी गरिने बताए । रासस

ताजा समाचार

सम्बन्धित समाचार