Friday, October 25, 2024

यार्सागुम्बा संकलन गर्न गएका तीन जनाको मृत्यु

डोल्पा- यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको शनिबार लेक लागेर मृत्यु भएको छ भने एकजनाको उद्धार गरिएको छ । 

डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं १० मा पर्ने ग्यालवारा पाटन पुगेका त्रिपुरासुन्दरी नगरपालिका–१०, लिकुका ३० वर्षीय नारायणप्रसाद पहाडीको लेक लागेर मृत्यु भएको हो । त्यस्तै, डोल्पोबुद्ध गाउँपालिकाको धो ताक्सी पाटन पुगेका जाजरकोट नलगाड नगरपालिका–८ खगेनकोट का १५ वर्षीय भद्रबहादुर चनाराको पनि लेक लागेर मृत्यु भएको छ । उनीहरुलाई लेक लागेपछि उपचारका लागि दुनैतर्फ ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी, काइके गाउँपालिकाको सुन्दरे शेर्पा आधारभूत विद्यालय टुप्पाताराका शिक्षक शेरबहादुर राना झाँक्रीको पनि यार्सागुम्बा टिप्न ठाँगे पाटनतर्फ जाँदै गरेको बेला लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै, धो ताक्सी पाटनमा लेक लागेर सिकिस्त बिरामी परेका रुकुम आठबीसकोट नगरपालिकाका हरिबहादुर शाहीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज पु¥याइएको जिल्ला प्रशासन कार्यालय, डोल्पाले जनाएको छ । 

विश्वकै उच्च मानव वस्ती मानिने धो ताक्सी चार हजार २०० मिटरको उचाइमा रहेको बस्ती हो । धो ताक्सी वस्तीभन्दा माथि उचाई भएका पाटनमा यार्सागुम्बा पाइन्छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार