Friday, October 25, 2024

नदीमा माछा मारेर होइन, घरमा पालेर जीवन सुध्रिन्छ (फोटो फिचर)

बाँके – देशभरका नदी, खोला, ताल र पोखरी विनाश हुने क्रममा छन् । प्राकृतिक र मानविय गतिविधीका कारण यी स्रोतले आफ्नो प्राकृतिक रुप गुमाउदै गएका छन् ।

यस्ता स्रोतमा रहने पारिस्थितिकिय प्रणाली विनाश हुदै गएको छ । यी स्रोतमा पानीको मात्रा त सुकेकै छ । त्यसमाथि यीनमा पाइने जलचरहरु प्राकृतिक अवस्था वा पारिस्थितिकिय प्रणालीको विनाशसँगै लोप हुदै गएका छन् । नदी, खोला, ताल र पोखरी त्यतिबेला मात्र स्वस्थ मानिन्छन जतिबेला यीनीहरुमा जलचरहरु खेल्छन, हुर्किन्छ र फैलिन्छन् ।

तर, हिजोआज देशभरका नदी खोलाको अवस्था ठिक यसको विपरित छ । सहरी क्षेत्रका अधिंकाश नदीहरु मृत हँुदैछन् । तीनमा अक्सिजन लगायतका तत्वहरु घट्दै र सकिदै गएको छ । नदीहरुको अत्यधिक दोहन, जलस्रोत विकास गर्ने नाममा एउटै नदीमा बनाइएका दर्जनौं जलविद्यूतका योजनाहरु, ढुङगा, गिट्टी, बालुवा र माटोको अत्यधिक दोहनले गर्दा एकातिर नदीखोला र ताल सुक्दै गएका छन भने अर्कोतिर यीनको सतह भाँसिदै गएको छ ।

भूक्षय, पहिरो र वन विनाश जस्ता कारणले गर्दा पनि यी स्रोतहरुले आफ्नो प्राकृतिक रुपमा गुमाउदै गएका हुन । यसले गर्दा नदी, खोला र तालमा पानीको मात्रा हरेक बर्ष घट्दै गएको छ । जलवायु परिवर्तनसँगै हिमतालहरु फुटने र पग्लिने क्रमको प्रभाव पनि यी स्रोतमा त्यत्तिकै देखिन्छ । यसको प्रत्यक्ष मार नदी, खोला, तालमा पाइने जलचरमा परेको छ ।

यसमा पनि सबैभन्दा बढि प्रभाव नेपालमा मात्र पाइने र विश्वबाटै लोप भइरहेका माछाहरुमा परिरहेको छ । यस्ता जलचरहरुको संख्यामा बर्षेनी घट्ने क्रममा छ । त्यसो त नेपालमा माछा मारेर जिविकोपार्जन गर्ने जातीहरु पनि बसोबास गर्दै आएका छन् ।

उनीहरुले परम्परागत रुपमा जालको प्रयोग गरेर माछा मार्दै आएका छन् । यसरी मारेको माछाले मात्र कसरी सर्वसाधारणको जिवन गुजारा भइरहेको छ ? भन्ने प्रश्न पनि त्यत्तिकै उठिरहेको छ ।

तर पछिल्ला बर्षहरुमा अप्राकृतिक रुपमा माछा मार्ने प्रवृति पनि बढ्दै गएको छ । झोलामा व्याट्रि राख्ने र त्यसको करेन्टले माछा पार्ने काम सानादेखि ठूला नदीहरुमा भइरहेका घटना देखिएका छन् । कतिपय नदीमा बम पड्काएर माछा मात्र नभई भ्यागूतालगायत अन्य ससाना जलचर वा जिवहरु समेत मार्ने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । साथै कतिपयले बिषको प्रयोग गरेर माछा मारिरहेका छन् जसलाई भयानक वातावरणीय अपराधका रुपमा व्याख्या गर्दा फरक पर्दैन । प्रकृतिमाथि भइरहेका यावत अपराधहरु नियन्त्रण गर्ने तर्फ सरकारको ध्यान पटक्कै पुगेको छैन् । पछिल्ला दिनहरुमा जलचरको संरक्षणको मुद्दा पेचिलो रुपमा उठाइएको छ ।

यही सन्दर्भमा पंक्तिकारले बाँके जिल्लाको सिक्टा सिचाई आयोजनाको स्थलगत भ्रमण गरेको थियो । राप्ती नदीमा बाँध लगाएर सिचाईका लागि पानी लैजाने उद्देश्यले यो आयोजना सुरु भएको हो । यही बाँधमा स्थानीय समुदायले मध्यान्ह्रको चर्को घाममा जिविका ेपार्जनका नाममा माछा मारिरहेका थिए । यी नै दृश्यलाई पंक्तिकारले आफ्नो क्यामेरामा कैद गर्ने प्रयास गरेको हो ।

अब माछा मारेर होइन, माछा पालेर मात्र जिवनस्तर सुध्रिन सक्छ भन्ने सन्देश दिन जरुरी छ । स्वस्थ पानीका प्रमुख इन्डिकेटर माछाहरु संसारबाटै लोप हुदैछन् । यीनको अस्तित्व जोगाउन पनि माछापालन गरौ तर नदीमा पसेर नमारौं ।

ताजा समाचार

सम्बन्धित समाचार