Friday, October 25, 2024

नेपालगन्जका रुख पनि सखाप, नयाँ रोप्ने कुनै योजना छैन

नेपालगन्ज–पछिल्लो समयमा नेपालगन्जमा तिव्र रुपमा भईरहेको सडक विस्तारको प्रत्यक्ष शिकार रुख विरुवा र पोखरीहरु भईरहेका छन् तर त्यसलाई जोगाउने तर्फ कसैको ध्यान गएको देखिदैन ।

सडक किनाराका रुखहरु काटेर सडक विस्तार गरिए पनि नयाँ रुख रोप्ने तर्फ उपमहानगरपालिका लगायतका सरोकारवालहरुको ध्यान नजाँदा नेपालगन्ज कंकिट शहरमा परिणत भएको छ जसले गर्दा गम्भीर वातावरण्ीाय समस्या आइपर्ने खत्तरा देखिन्छ ।

प्रचन्ड गर्मीमा छायाँ दिने रुखहरु नहँुदा एक किलोमिटर हिड्न पनि हम्मे–हम्मे भइरहेको स्थानीयको भनाइ छ । प्रचन्ड गर्मी हुने शहरमा छायाँ र शितलता दिने रुख नहँुदा जनजीवन थप कष्टकर बनेको छ ।

यस वर्षदेखि नेपालगन्ज उप –महानगरपालिका क्षेत्रमा ३ अर्ब ३३ करोडको लागतमा ९० किलोमिटर बाटो र नालीहरु निर्माण भईरहेका छन् । सडक निर्माणका लागि करौडांै खर्च गर्ने सरकारी निकायहरुले हरियाली बढाउने तर्फ भने खासै ध्यान दिएका छैनन् ।

१ लाख ३९ हजार जनसंख्या भएको करिब ८५.९४ किलोमिटर क्षेत्रमा फैलिएको नेपालगन्ज उप– महानगरपालिका क्षेत्रमा एउटा पनि ग्रिन पार्क छैन् ।

तत्काल नयाँ ग्रिन पार्क बनाउने कुनै योजना सम्म पनि छैन् । एक दशकदेखि निर्माण सुरु भएको धम्बोझी वाटरपार्कले पनि अझै गति लिन सकेको छैन् । रानी तलाउ र चिल्डेन पार्कको अवस्था पनि निक्कै नाजुक छ । ५ वर्ष पहिले नेपालगन्ज–कोहलपुर सडक खण्डलाई बिस्तार गरी फोरलेनको सडक निर्माण सुरु भएसंगै सडकको किनारामा रहेका रुखहरु काट्ने क्रम अझै रोकिएको छैन् ।

फोरलेन सडक निर्माण गर्दा नेपालगन्ज नगरपालिकाले रोपेर हुर्काएका अशोक, गोल मोहर जामुन तथा स्थानीय बासिन्दाले रोपेर संरक्षण गरेका वर– पीपल सहित १ हजार ४ सय ३७ वटा रुख काटिएका थिए । तर त्यही मात्रामा रुख रोप्ने काम भएन् । नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धबल शम्सेर राणाले विरुवा रोपेर हरियाली वनाउने विषयमा काम भईरहेको वताए ।

विकास निर्माणका योजनाहरु वातावरण मैत्री हुनु पर्छ । वातावरणीय संन्तुलन कायम राख्नका लागि एउटा रुख काटे पछि त्यसको सटटा २५ वटा नयाँ रुख रोप्नु पर्छ भन्ने मान्यता छ । तर, जमुनाह कोहलपुर फोरलेन सडक निर्माण आयोजनमा सडक निर्माण क्षेत्रका रुख काटिए पनि नया रुख रोपेर हुर्काउने काम भने हुन सकेन् ।

नेपालगन्ज कोहलपुर सडक खन्डको एक हजार ५ सय भन्दा बढी रुख काटेर सडक बिस्तार गर्ने काम एशियाली विकास बैंकको करिब ९५ करोड सहयोगमा तीन वर्ष पहिले भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार