Friday, October 25, 2024

राजनीतिक बेइमानीले चुरेको दोहन रोकिएनः मुख्यमन्त्री राउत

धनुषा — राजनीतिक दलको बेइमानिका कारण चुरे संकटमा परेको भन्दै प्रदेश २ का मुख्य मन्त्री लालबावु राउतले त्यसको संरक्षणका लागि राजनीतिक दलको प्रतिवद्धतासँगै दीर्घकालिन नीति बनाउन आवश्यक रहेको बताएका छन् । मन्त्री रावतले प्रदेश नं २ मा सबैभन्दा कम बन रहेको तर त्यसको धमाधाम कटौती भईरहेको बताए ।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितीले जनकपुरमा आयोजना गरेको कार्यक्रममा वोल्दै उनले राजनितिक दलहरुको तत्कालिक रुपमा फाइदा उठाउने नियतले चुरेको दोहन भईरहेको आरोप लगाए । उनले प्रदेश सरकार चुरेको संरक्षणको लागि लागिरहे पनि केन्द्र सरकारमा त्यति तदारुकता नदेखिएको समेत बताए ।
राउतले भने,‘क्रसर उद्योगलाई वन मन्त्रालयले चुरे दोहन हुन नदिन निकासी रोक्दा उद्योग मन्त्रलायले निकासि खोल्न अनुमति दिए । एक मन्त्रालयले रोक्दा अर्को मन्त्रलायले क्रसर व्यवसायिबाट करोड अटने ब्रिफकेश लिएर खोल्ने आट कहाबाट आयो । चुरे जोगाउन राजनीतिदल इमन्दार हुनु पर्छ ।’
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष बिरेन्द्र यादव जनसंख्या बढी भएको तर श्रोतहरु कम भएको प्रदेश २ मा चुरे संरक्षण गरी समृद्धिको अधार बनाउन सकिने बताए । विकास समितिले २० वर्षे गुरुयोजना बनाएको छ । गुरु योजनामा चुरे क्षेत्रको प्राकृतिक श्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकय सेवाको प्रवद्धन, गरिबी न्यनिकरण, र समृद्ध नेपालको लक्ष्यमा टेवा पुर्‍याउन ४२ मुख्य कार्यक्रम निर्धारण गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार