Friday, October 25, 2024

अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा रक्तदान

काठमाडौँ– अन्तर्रा्ष्ट्रिय सगरमाथा दिवस (मे २९) को अवसरमा सगरमाथा आरोही संघले वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
सगरमाथा आरोही स्वर्गीय प्रकाश दाहाल र सम्पूर्ण दिवंगत आरोहीहरुको स्मृतिमा आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले गरे ।
। सो अवसरमा अध्यक्ष ‘प्रचण्ड’ ले नेपाललाई संसारमा चिनाउने सगरमाथाको अझै प्रचार–प्रसारको आवश्यकतामा जोड दिए ।
संघकी अध्यक्ष माया शेर्पाले संघले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जानकारी दिइन् । रासस

ताजा समाचार

सम्बन्धित समाचार