Friday, October 25, 2024

महानगरका २८ पार्क योजना, कहाँ बन्दैछन् पार्क ? (सूचीसहित)

काठमाडौं–उपत्यकामा सार्वजनिक पार्क एवं हरियाली हराउँदै गएको भनी व्यापक आलोचना भईरहेको बेला काठमाडौं महानगरपालिकाले २८ भन्दा बढी स्थलमा वृक्षारोपण गरी पार्क बनाउने योजनाको तयारी थालेको छ ।

महानगरपालिकाले विस्तार भएका सडक किनारा तथा अन्य खुल्ला स्थानमा वृक्षारोपण गर्न कार्ययोजना तयार पारेको छ । जसलाई केही दिनमा अन्तिम रूप दिई सार्वजनिक गर्ने तयारी गर्दैछ ।

महानगरले प्रदूषण कम गर्न तथा हरियाली शहर बनाउने योजनाका साथ वृक्षारोपणका लागि खुल्ला स्थानको पहिचान समेत गरिसकेको जनाएको छ ।

महानगरपालिका वातावरण व्यवस्थापन विभागले २०७४ वैशाखमा गरेको अध्ययन अनुसार महानगरभित्र २८ खुल्ला स्थानहरू छन् । महानगरभित्र रहेका खुल्ला स्थानहरूको पहिचान गरि महानगरले बोटविरूवा रोपेर स–साना पार्क बनाउने योजना बनाएको हो ।

महानगरपालिका वातावरण व्यवस्थापन विभागका विभागीय प्रमुख हरिबहादुर कुँवरले महानगरपालिकाभित्रका सडक किनारा तथा खुल्ला स्थानमा वृक्षारोपण गर्ने कार्ययोजना ल्याउन लागिएको हाकाहाकीलाई जानकारी दिए ।

उनले महानगरमा अब विकास निर्माणका काम सँगसँगै हरियाली विकासका कार्यक्रम पनि सञ्चालन गरिने भएको बताएका छन् ।

उनले वृक्षारोपण गर्नु ठुलो कुरा नभई त्यसको संरक्षण गर्नु ठुलो कुरा भएकाले रोपिएका ३० हजार भन्दा बढी बोटविरूवाको संरक्षण गर्नु विभागको प्रमुख लक्ष्य रहेको जानकारी दिए ।

‘खाल्टो खनेर विरूवा रोप्नु ठुलो कुरा होइन । त्यसको संरक्षण गर्नु प्रमुख कुरा हो,’उनले भने ‘त्यसैले हामीले त्यसको संरक्षणमा बढी जोड दिनेछौं ।’

महानगरमा कुन–कुन जातका विरूवा रोप्ने भन्ने विषयमा विज्ञहरूसँग छलफल भैरहेको प्रमुख कुँवरले जानकारी दिए ।
महानगरपालिकाभित्रका २८ खुल्ला स्थान र ५० किलोमिटर भन्दा बढी सडक किनारामा ३० देखि ४० हजार बोटविरूवा रोप्ने योजना रहेको प्रमुख कुँवर बताउँछन् ।

महानगरभित्र रहेका सामूदायिक विद्यालय,निजी विद्यालय,संघसस्था,वित्तिय क्षेत्र,सरकारी तथा गैरसरकारी संस्थाहरूलाई समेत आ–आफ्नो ठाउँमा रहेको खाली जमिनमा वृक्षारोपण गर्न विभागले आग्रह समेत गरेको छ ।

जमिन नभएका संस्थाहरूले गमलामा फूल तथा विरूवा रोप्न प्रमुख कुँवरले आग्रह गरेका छन् । विभागले जुन ५ तारिख अर्थात विश्व वातावरण दिवसका अवसरमा ३२ वटै वडाहरूमा एकसाथै वृक्षारोपरण कार्यक्रमको थालनी गर्न बताएको छ ।

यी स्थानमा बनाउँदै छ स–साना पार्क

  स्थान वडा नम्बर क्षेत्रफल
माहांकाल रोड साइट २‍‍ रोपनी ६ अाना
लाखे चौर १४ रोपनी ७ अाना
सिमलटार  
पहेलो पुलको छेउमा    
धोवी खोलाको छेउमा   ८ रोपनी
स्वयम्भु तरकारी बजार भगवान पाउ १५ १ रोपनी
भुइखेल, भगवान पाउ १५ ३ रोपनी
पलेस्वा १५  
छाउनी चोक १५ १ रोपनी
१० विजेश्वरी १५  
११ लैनचौर ग्राउण्ड २९  
१२ धिमिलो कुमारीस्थान १५ १ रोपनी
१३ वडा नम्बर २९ को अगाडि १७  
१४ सिधेश्वर ९ रोपनी
१५ पाटिटार ४ रोपनी
१६ माहांकाल वाटर ट्याङ्क अगाडि ४ अाना
१७ जनकल्याण स्कुल अगाडि ४ रोपनी
१८ रामनगर   ३ रोपनी
१९ भुवल डाँडा १५ अाना
२० खैव टोल  ३ अाना
२१ नाग कुण्ड मन्दिर ८ अाना
२२ चार घारे १२ रोपनी
२३ कैलाश बोधी स्कुल पछाडि २ रोपनी
२४ के.टि.एम भ्यालीको अगाडि ३२  
२५ करूण केशव युवा क्लबको अगाडि ३२  
२६ वडा नम्बर १० को कार्यालय छेउ १० ६ रोपनी
२७ भुरूङखेल १८ २ रोपनी
२८ कुलेश्वर शिव मन्दिर १४ २ रोपनी

 
यो पनि पढ्नुस्
महानगरमा ३० हजार बोटविरुवा रोपिदै

ताजा समाचार

सम्बन्धित समाचार