Friday, October 25, 2024

चक्रपथमा स्काइ रेल चलाउने चीनको प्रस्ताव

काठमाडौं– चीनले काठमाडौंको चक्रपथ ‘रिङरोड’ मा स्काइ ‘आकाशे’ रेल चलाउने प्रस्ताव राखेको छ।

चक्रपथलाई ८ लेनको स्तरोन्नतिको काम भइरहेका बेला चाइना स्काइ रेल–वेका अधिकारीहरूले एक वर्षभित्र आकाशे रेल चलाउन सकिने र त्यसका लागि प्राविधिक रुपमा पनि सक्षम रहेको बताएका हुन्।

राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा चीनको चाइना स्काइ रेल–वे ग्रुपका अध्यक्ष टाङ् टोङ्ले काठमौडौंमा स्काइ रेलले एक घण्टामा १५ हजारदेखि २० हजारसम्म यात्रुलाई बोक्न सक्ने बताए। ‘टर्निङ (मोडन) ३० मिटर स्थान चाहिने यो रेल १० डिग्रीसम्म उकालो चढ्न सक्छ,’ नेपाली अधिकारीहरुसँग उनले भने।

आफूूहरूले चीनमा घण्टा ९० किलोमिटर गति भएको स्काइ रेल चलाएको उदाहरण दिँदै टोङले भने, ‘रेलको गति निर्धारण गर्न सहरको भूगोल, सहरी व्यवस्थापनका मापदण्ड जस्ता कुरामा आधारित हुनुपर्छ।’

चीनको प्रस्ताव सुनेपछि नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौत्तमले दीगो यातायात प्रणालीको उपयुक्त विकल्प लिएर काठमाडौंमा काम गनुुपर्ने र त्यसको परीणाम हेरेर अन्य सहरमा पनि लागूू गरिनुपर्ने बताए। दीगो सहरी यातायात सञ्चालन गर्न प्राविधिक र आर्थिक पक्ष उत्तिकै मजवुत हुनुपर्ने उनले बताए। ‘प्रस्तावकहरुसँग आर्थिक र प्राविधिक प्रस्ताव लिएर छलफल चलाउन सके, के गर्ने भन्ने कुराको निर्णयमा पुग्न सजिलो हुन्छ। नेपालको यातायात प्रणालीमा सुधार नगरी व्यक्तिको जीवनमा परिवर्तन देखाउन सकिँदैन,’ गौतमले भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उपयुक्त विकल्पमा काम गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताए। ‘भौतिक पूर्वाधार निर्माण गरेर, नेपालको समृद्धि बढाउन हामी मित्र राष्ट्रहरुसँग सहकार्य गरेर अघि बढ्ने योजनामा छौं,’ उनले भने।

पूर्वमन्त्री केशवलाल श्रेष्ठ छलफललाई सहभागितामुलक छलफलका रुपमा अगाडि बढाउनुुपर्ने बताउँछन्।

काठमाडौं महानगरका सहसचिव राजेश्वर ज्ञवालीले नागरिकलाई सहज यात्राको वातावरण मिलाउन सके काठमाडौंको समृद्धिमा देखिने परिणाम आउने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार