Friday, October 25, 2024

चुरे विनाशबाट मरुभूमिको खतरा : यादव

राजविराज– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको विकासप्रति राज्य अझै संवेदनशील नरहेको बताउएका छन् ।
सप्तरीको राजविराजमा पार्टी जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेशमा चुरे विनाशले मरुभूमीकरणको खतरा र बाढी समस्या आउने देखिए पनि सरकार गम्भीर नदेखिएको आरोप लगाए ।

बढ्दो चुरेको विनाश र नदी नियन्त्रणमा केन्द्र सरकारले नै ध्यान दिनु आवश्यक रहेको औँल्याउदै अध्यक्ष यादवले तराई–मधेश मरुभूमि भए देशले नै ठूलो मूल्य चुकाउनुपर्ने बताए । मधेशीलाई अझै पनि बराबरीको अधिकार प्राप्त नभएको बताउँदै उहाँले संविधान संशोधन गरी त्यसलाई सच्याउन माग गरे ।रासस

ताजा समाचार

सम्बन्धित समाचार