Friday, October 18, 2024

राष्ट्रिय विमानस्थल नीति ल्याइने

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सरकारले राष्ट्रिय विमानस्थल नीति ल्याउने बताएका छन् ।
मन्त्री अधिकारीले कुन जिल्ला र स्थानमा कस्तो विमानस्थल आवश्यक हो वा कसरी विकास गर्न सकिन्छ भन्नेबारेमा नीति ल्याउने तयारी गरिएको जानकारी दिए ।
कतिपय जिल्लामा राजीतिक प्रभाव र उत्साहका कारण विमानस्थल खोलिने तर पछि विमान उड्ने पर्याप्त वातावरण, यात्रुको अभाव र विमानस्थल घाँसे मैदानमा परिणत हुने अवस्थाको अन्त्य हुने गरी नीति ल्याइने उनको भनाई थियो । उनले नेपाल वायु सेवाको सेवाको प्रभावकारिताका लागि पनि आफूले काम गरिरहेको बताए । रासस

ताजा समाचार

सम्बन्धित समाचार