Friday, September 20, 2024

उजाड चक्रपथमा वृक्षारोपणको योजना खोई ? (फोटो फिचर)

काठमाडौं । चक्रपथ विस्तार गर्ने नाममा यसका दुवै किनारमा रहेका सयौं रुखहरु मनलागी काटिए । हरियालीलाई पुरै बेवास्ता गर्दै सडक विस्तार गरियो ।

तर, विस्तारित सडकमा विरुवा राप्ने तर्फ अहिलेसम्म पनि कसैले ध्यान दिएनन जसले गर्दा यतिवेला चक्रपथ पुरै उजाड देखिन्छ । धुवाँ, धुलो र ध्वनी प्रदूषण झन बढेको छ । तीन किसिमको प्रदुषण नियन्त्रण गर्ने ध्ययले चक्रपथमा ग्रिन बेल्ट तयार गरिएको थियो ।

चक्रपथ विस्तार कार्य सुरु गर्दा रुखहरु काटिएपछि यसको व्यापक बिरोध पनि भएको थियो । त्यसपछि आयोजनाले वृक्षारोपणको प्रतिवद्धता जनाएको थियो जुन अहिलेसम्म पुरा भएको छैन । करिब साढे २७ किलोमिटरको चक्रपथको कोटेश्वर कलंकी खण्ड पुरै उजाड भएको छ । त्यसो त अन्य क्षेत्रको पनि ग्रिनबेल्ट अतिक्रमणमा परेको छ । रुखहरु रातारात काटिदैछन । यसतर्फ पनि कसैको ध्यान पुगेको छैन । सरकारका हरियोली प्रवद्र्धन योजनाहरु प्रतिवेदनमै सिमित भएका छन् भन्ने कुराको पुष्टि चक्रपथ विस्तारको पछिल्लो कामले गरेको छ । यति मात्र होइन, अहिलेको चक्रपथको वनावट हेर्दा विरुवा रोप्ने ठाउँहरु समेत पर्याप्त राखिएको छैन् । कोटेश्वरदेखि कलंकी बीचको चक्रपथ खण्डको ग्रिन बेल्ट मासिएको हो । तस्वीरहरु: अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार