Saturday, November 23, 2024

नदी कि नाली ? (फोटो फिचर)

उपत्यकाभित्र प्रमुख नदीहरू बागमती, विष्णुमती, रुद्रमती, इच्छुमती र प्रभावती र रत्नावती नदी हुन् । विष्णुमती, रुद्रमती, इच्छुमती र प्रभावती र रत्नावती नदी बागमतीका सहायक नदी पनि हुन् ।

हनुमन्ते, मनोहरा, धोबीखोला, कर्मनासा र गोदावरी खोला बागमतीका सहायक नदीनै हुन । टुकुच खोला जसलाई इच्छुमती नदी भनिन्छ । नख्खुबाट बग्ने प्रभावती नदी र बल्खुबाट बग्ने खोलालाई रत्नावती नदी भनिन्छ । यी सबै नदीहरु विस्तार नालीमा परीणत हुँदैछन् । ती नदी तथा खोलामा फोहर फाल्ने, ढल मिसाउने मात्र गरिएको छैन, उद्योग र अस्पतालबाट निस्काशन हुने फोहर समेत फ्याँकिन्छ । क्रसर उद्योगले नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को दोहन गर्दा समेत सम्बन्धीत निकाय मौन छ । अतिक्रमण, दोहनसँगै फोहरमैला फ्याँकिदा नदी तथा खोला नालीमा परीणत भइरहेका छन् ।
तस्वीरहरू: अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार