२४ असार, काठमाडौँ ।
चीनको तिब्बततर्फको बाढीले रसुवागढी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
आज बिहान ३.१५ बजे आसपासको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । भन्सार प्रक्रियाका लागि भन्सार यार्डमा राखिएका इभी गाडी, मालवहाक कन्टेनर र अन्य सामान पनि बगाएको छ ।
बाढीसँगै खोला किनारमा पहिरो गरेकाले जनजीवन प्रभावित बनेको रसुवा प्रहरीले बताएको हो । ‘मानवीय क्षति पनि भएको हुनसक्छ यसबारेको विस्तृत सूचना संकलन भइरहेको छ’, रसुवा प्रहरीले भन्यो ।
क्षति गराएपछि रसुवा जिल्ला प्रशासन कार्यालयले रसुवा, धादिङ, नुवाकोटमा त्रिशुली नदी किनाराका बस्तीमा सतर्कता अपनाउन आग्रह गरेको छ ।