Monday, June 9, 2025

आइयुसीएन काउन्सिलर पदमा अधिकारीको एकल उम्मेदवारी

२५ जेठ, काठमाडौँ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) को दक्षिण एसिया तथा दक्षिणपूर्वी एसिया क्षेत्रको काउन्सिलर पदमा नेपालको एकल उम्मेदवारी परेको छ ।

नेपालले रोशनी अधिकारी पाठकलाई एकल उम्मेदवार बनाएको हो । संयुुक्त अरब इमिरेट्सको आबुधाबीमा हुने आइयूसीएन विश्व संरक्षण सम्मेलनमा हुने निर्वाचनमा उनले अन्य देशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

सम्मेलन आगामी अक्टोबरमा हुँदैछ । अधिकारी नेपाल वातावरण पत्रकार समूह (नेवापस) की पूर्वअध्यक्ष हुन् । उनको पक्षमा माहोल बनाउन परराष्ट्र मन्त्रालयले कूटनीतिक लबिइङ सुरू गरेको छ ।

विदेशस्थित कूटनीतिक नियोग र नेपालस्थित विभिन्न देशका दूतावासमार्फत अधिकारीको पक्षमा समर्थन जुटाउन थालिएको परराष्ट्रले जनाएको छ । आइयूसीएनको विश्व सम्मेलन आगामी ९ देखि १५ अक्टोबर सम्म हुँदैछ ।

सो सम्मेलनमा एक हजार चारसय भन्दा बढी संस्थाका प्रतिनिधिहरू मतदानमा सहभागी हुनेछन् । अधिकारीसहित अन्य सात जनाको उम्मेदवारी परेको छ । भारतबाट दुई र जापान, चीन, पाकिस्तान, मलेसियाबाट एक/एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

ताजा समाचार

सम्बन्धित समाचार