Thursday, June 5, 2025

चट्याङले एकको मृत्यु, ३ जना घाइते

१ जेठ, संखुवासभा ।

चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो ४ बजेको चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए ।

घरमै बसिरहेका अवस्थामा अचानक चट्याङ लागेर तामाङको मृत्यु भएको हो । हावाहुरीसँगैको चट्याङ लागेर गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको र उनको त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तैगरी चट्याङ लागेर १५ वर्षीय प्रतीक तामाङ, ४२ वर्षीया कल्पना तामाङ र १९ वर्षीय रिजन तामाङ गम्भीर घाइते भएका निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए । गम्भीर घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

निर्मलाको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । जिल्लामा चट्याङ लागेर एक वर्षको अवधिमा पाँच जनाको मृत्यु भइसकेको छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार