Tuesday, May 6, 2025

रारामा प्रकृति संरक्षण कोषको फिल्ड कार्यालय

२२ वैशाख, काठमाडौँ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले रारा राष्ट्रिय निकुञ्जमा नयाँ कार्यालय स्थापना गरेको छ ।

रारा निकुञ्जको हुटुमा रहेको संरक्षण कार्यक्रम कार्यालयको सोमबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले उद्घाटन गरे ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर, हिमाली पर्यापर्यटन तथा रारा क्षेत्रको जैविक विविधता संरक्षण र अध्ययन अनुसन्धानका कोषले सो क्षेत्रमा कार्यालय स्थापना गरेको हो ।

कर्णाली प्रदेशमा कोषको यो पहिलो कार्यालय हो । यसअघि चितवन, मनाङ, कोशीटप्पु, बर्दिया र शुक्लाफाँटामा कार्यालय स्थापना गरेर कोषले संरक्षणका विभिन्न कृयाकलाप गर्दै आएको छ ।

कोषले गौरीशंकर संरक्षण क्षेत्र, अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्र व्यवस्थापन गर्दै आएको छ । कर्णाली प्रदेशमा जैविक विविधता संरक्षण, सामुदायिक सहकार्य, र पर्यापर्यटन प्रवद्र्धनलाई सुदृढ बनाउने लक्ष्यका साथ रारामा कार्यालय स्थापना गरिएको कोषका सदस्य–सचिव डा. नरेश सुवेदीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार