Tuesday, May 6, 2025

वर्षाले विभिन्न सडक अवरूद्ध

२१ वैशाख, काठमाडौँ ।

वर्षाले विभिन्न भेगका सडक अवरूद्ध भएका छन् ।

नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने र काठमाडौँ– हेटौँडा जोड्ने कान्तिलोकपथको आवागमन प्रभावित बनेको हो । शनिबार रातिदेखि दाउन्ने क्षेत्रमा सवारी भासिने र चिप्लिनेक्रम बढेपछि धेरै यात्रु सडकमै अलपत्र परेका छन् । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सो क्षेत्रमा यस्तो समस्या भएको हो ।

शनिबार रातिदेखिको वर्षासँगैको बाढीले वाग्मती नदीको डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरूद्ध बनेको हो । मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको वाग्मती गाउँपालिका–२ को सीमाको वाग्मती खोलामा डाइभर्सन बगेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।

यता भक्तपुरको सूर्य विनायक साँगा सडक पनि प्रभावित बनेको छ । सूर्यविनायक–जगाति काभ्रेतर्फको सडकमा सवारी एकतर्फी मात्रै सञ्चालन भइरहेको छ । निर्माणाधीन सडकमा गाडी चिप्लिने क्रम बढेपछि भक्तपुर प्रहरीले सवारीलाई एकतर्फी बनाएको हो । भक्तपुर–काभ्रेको अरनिको राजमार्गमा विस्तारमा ढिलाइ हुँदा सवारी चालकले सास्ती भोग्दै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार