Saturday, April 12, 2025

वरिष्ठ पत्रकार रिसालको निधन

२४ चैत, काठमाडौं ।
वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ ।

आज (आइतबार) बेलुका पौने ८ बजे उपचारका क्रममा उनको निधन भएको हो । ९७ वर्षीय रिसाललाई स्वास्थ्य समस्या भएपछि उपचारका लागि पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल भर्ना गरिएको थियो ।

उनले मृत्युपश्चात आफ्नो शरीर ललितपुरको पाटन अस्पताललाई दान दिने निर्णय गरेअनुसार शव सो अस्पताललाई दिइएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाल वातावरण पत्रकार समूह (नेवापस)का पूर्व अध्यक्ष रिसाल समूहका मानार्थ सदस्य छन् ।

रेडियो सगरमाथाको स्थापनाकालदेखि समसामायिक विषयवस्तुमा रेडियो कुराकानी स्तम्भमार्फत यही वर्षको २९ साउनसम्म (९७ वर्षको उमेर टेकेकै दिनसम्म) उनले आफ्ना विचार प्रस्तुत गरे ।

रिसालले सञ्चालन गरेको रेडियो कार्यक्रम ‘उहिले बाजेका पालामा’ निकै लोकप्रिय मानिन्छ ।

विसं १९८५ सालमा भक्तपुरको गुण्डुस्थित तिथलीमा जन्मिएका उनी काठमाडौंको अनामनगर बस्दै आएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार