Wednesday, April 2, 2025

मिचाहा प्रजाति रणनीति स्वीकृत

१७ चैत, काठमाडौं
राष्ट्रिय वाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजना डेढ दशकपछि स्वीकृत भएको छ ।

विगत १५ वर्षदेखि स्वीकृति प्रक्रियामा रहेर पनि कार्यान्वयन तहमा पुग्न नसकेको रणनीति र कार्ययोजना वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज (आइतबार) मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत गरेका हुन् । डेढ दशकअघि वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले तयार गरेर प्रक्रियाका लागि अघि बढाएको यो रणनीति स्वीकृत हुन सकेको थिएन ।

अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्य सरोकारवाला निकायहरूको राय सुझाव समेत समेटेर तयार गरिएको रणनीति योजना करिब १५ वर्षपछि स्वीकृत भएको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीले जानकारी दिए ।

नेपालका विभिन्न भेगमा जटिल समस्याका बनिरहेको मिचाहा प्रजातिलाई यस रणनीतिले नियन्त्रण गर्न र फैलावट हुन नदिने उनको दाबी छ ।

ताजा समाचार

सम्बन्धित समाचार