Sunday, February 23, 2025

‘एमगज’को जंगलमै उपचार

१ फागुन, रौतहट
लामो समयदेखि बिरामी भएर रौतहटको वन क्षेत्रमा घुमिरहेको पर्सा राष्ट्रिय निकुन्जको ‘एमगज’ नामक हात्तीको आज जंगलमा उपचार गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (चितवन)का डा. अमिर सडौलाको नेतृत्वको टोलीले हात्तीको उपचार गरेको डिभिजन वन कार्यालय प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए । उनका अनुसार हिले खोला वन क्षेत्रमा हात्ती देखिएको खबर पाएपछि सडौलाको टोलीसहित सशस्त्र वन रक्षकको टोली, वन कर्मचारीले हात्तीको उपचार गरेका हुन् ।

हात्तीको दायाँ खुट्टामा चोट लागेको हात्ती गोली वा भाला प्रहारबाट घाइते भएको हुनसक्ने सडौलाले बताए । ‘हात्तीलाई बेहोस बनाएर उपचार गरिएको हो । उपचारपछि पुन होसमा ल्याएर सोही जंगलमा छाडिएको छ’, उनले भने । उक्त टोलीले करिब २ घण्टा लगाएर हात्तीको उपचार गरेको थियो ।

एमगज केही दिनअघि रौतहटको चन्द्रपुर–२ जुडिबेला गाउँमा घुमिरहेको थियो । स्थानीयले हात्ती बिरामी भएको खबर सामाजिक सञ्जालमा हालेका थिए । हात्तीले रौतहटको उत्तरी भेगमा दर्जनौँको घर भत्काएको छ भने लाखौँको अन्न बालीमा क्षति पु-याएको छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार