Tuesday, February 11, 2025

‘जलवायु परिवर्तन सामना गर्न वित्तीय स्रोत आवश्यक’

२७ माघ, काठमाडौं
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असर सामना गर्न नेपालजस्ता विकासोन्मुख देशहरूका लागि प्रर्याप्त वित्तीय स्रोतहरूको खाँचो औल्याएका छन् ।

नेपालमा पुनरूत्थानशील बागवानी मूल्य श्रृंखला सम्बन्धी कार्यक्रममा उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै विकासोन्मुख देशहरूका लागि यस्तो धारणा राखेका हुन् ।

‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको कुरा हामी सबैलाई सर्वविदिततै छ । विश्वले जलवायु परिवर्तनको मुख्य कारक मानेको कार्बन उत्सर्जनलाई घटाउनुको साथै हामी जस्ता विकासोन्मुख देशहरूका लागि प्रर्याप्त वित्तीय स्रोतहरू उपलब्ध गराउन अत्यन्तै आवश्यक छ’, मन्त्री शाहीले भने ।

उनले जलवायुमैत्री कृषि, नविकरणीय ऊर्जा र दिगो वन व्यवस्थापनमा लगानी वृद्धि गर्न विभिन्न कदम चालिरहेको पनि बताए । नेपाललाई जलवायु परिवर्तनको प्रभावबाट जोगाउन प्रभावकारी उपायहरू मध्ये पुर्नउत्पादक बागवानी एक महत्वपूर्ण उपाय रहेको मन्त्री शाहीले धारणा राखे ।

ताजा समाचार

सम्बन्धित समाचार