Thursday, October 24, 2024

पत्रपत्रिकामा वातावरण : बाग्मती सफाइको ५ वर्ष, कञ्चनजंघा आरोहण सुरु

काठमाडौं – आजका दैनिक पत्रपत्रिकाले बाग्मती सफाई महाअभियानको ५ वर्ष पूरा भएको, सगरमाथा आरोहण गर्नेको संख्या बढेको र कञ्चनजंघा आरोहण सुरु भएका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

नारायणगढ मुग्लिन सडकको पाँचौं पटक ठेक्को समय थपिन लागेको समाचार कान्तिपुर दैनिकमा छ । २४ महिनाभित्र सक्ने गरी सन् २०१५ अप्रिलबाट सुरु भएको सडक स्तरोन्नतिका लागि अहिलेसम्म चार पटकसम्म म्याद थप भइसकेको छ।

कान्तिपुरका मनोज पौडेल डब्लुडब्लुएफ संरक्षण २०१८ पुरस्कारबाट सम्मानित भएका छन्। वन्यजन्तु र चरा संरक्षणमा योगदान गरी पर्यापर्यटनलाई टेवा दिने खालका समाचार, आलेख र फोटो फिचर प्रकाशन गरेवापत उनलाई सम्मान गरिएको हो ।

कान्तिपुरले पर्वतारोहणबारे २ वटा खबर प्रकाशित गरेको छ । सगरमाथामा २ सय २४ आरोही शीर्षकमा कान्तिपुरले खबर लेखेको छ । यस्तै कञ्चनजंघामा ५ आरोही पुगेका छन्। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा शिखरमा ५ आरोहीले सफल आरोहण गरेका हुन् ।

खोला बग्ने र कोसीले कटान गर्ने ठाँउमा भूकम्प पीडितले धमाधम घर बनाउन थालेको खबर टीका प्रसाद भट्टले रामेछापबाट लेखेका छन् । यसैगरी बदल्दै वीर अस्पताल, साइकल चलाउनु चुनौतीपुर्ण हुन्छ खबर पनि छापिएको छ।

नागरिक दैनिकमा ‘विद्यार्थी यार्सा टिप्न लेकतिर , स्कुल ठप्प’ शीर्षकमा समाचार पहिलो पृष्ठमा छापिएको छ । डिबी बुढा र गणेश विकले लेखेको समाचारमा जुम्लाको पातारासी गाउँपालिकाका स्कुल बन्द भएको र विद्यार्थी यार्सा टिप्न लेकतिर गएको उल्लेख छ । बाग्मती सफाई महाअभियानको २ सय ६२ साता पूरा भएको समाचार नागरिकमा बसन्त खड्का लेखेका छन्। २०७० साल जेठ ५ गतेबाट सुरु भएको महाअभियानले ५ वर्ष पनि पूरा गरेको हो । बाग्मती सफाई सम्बन्धि अर्को समाचार अन्नपूर्ण पोस्टमा छ । सफाई महाअभियानको ५ वर्ष पुगेको अवसरमा बाग्मतीमा १८ सय दीप बालिएको खबर छापिएको छ। ‘४ वर्ष पछि खुल्यो कञ्चनजंघा’ शीर्षकमा अन्नपूर्णमा खबर छ । विश्वकै तेस्रो अग्लो शिखर कञ्चनजंघा चार वर्षपछि फेरी आरोहण सुरु भएको छ । सगरमाथामा फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पनि आरोहण गरेको समाचार प्रकाशित छ।

हावाहुरीले जनकपुरधाममा ५ अर्बको आँपमा क्षति पुगेको समाचार पनि सोही पत्रिकामा छ ।

इँटा उद्योगसँग जोडिएका दुईवटा समाचार राजधानी दैनिकमा प्रकाशित छ । ‘इँटा उद्योगका बालबालिका विद्यालयमा’ शीर्षकको समाचार सञ्जीव दुलालले लेखेका छन् । चाँगुनारायण– ८, सुडालस्थित श्री सरस्वती माता र महामञ्जुश्री इँटा उद्योगका श्रमिकका बालबालिका विद्यालय जान थालेका हुन्।

बाल विकास समाज र सेभ द चिल्डे«न, भक्तपुर इँटा उद्योग व्यवसायी संघको साझेदारीमा सञ्चालित ‘नेपालमा रहेका इँटा उद्योगमा कार्यरत बालबालिका संरक्षण’ परियोजनाअन्तर्गत उनीहरू विद्यालय जान थालेका हुन् ।

‘खच्चडको स्वास्थ्यप्रति इँटा भट्टा सञ्चालक चिन्तित’ शीर्षकमा बलराम प्यासीले खबर लेखेका छन् । काँचो वा पोलेको इँटा बोक्न प्रयोग गरिने घोडा, खच्चड र गधाको स्वास्थ्यप्रति इँटा व्यवसायी चिन्तित देखिन थालेका छन् ।

दार्चुलाको अपि–नाम्पा संरक्षण क्षेत्रमा पर्यटकको संख्या बढ्दै गएको खबर र बैतडीमा असिनापानीले तरकारीमा क्षती पुगेको खबर पनि छापिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार