Thursday, October 24, 2024

वन्यजन्तु संरक्षणको कार्यक्रम ल्याउन आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार निर्माण र वातावरण संरक्षणको समूचित व्यवस्थापन गरेर अघि बढ्नुपर्ने वताएका छन्।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको २५ औँ स्थापना दिवसका अवसरमा शनिबार यहाँ आयोजित समारोहमा उनले पूर्वाधार निर्माण मुलुकको अहिलेको पहिलो कार्यसूची भएको हुँदा प्राथमिकता र आवश्यकतालाई तालमेल मिलाएर काम गर्ने वताए।

उनले भने, ‘मध्यवर्ती क्षेत्रका नागरिकलाई वन्यजन्तु समस्या होइन, बरु आफ्ना अरु समस्या समाधानको सहयोगी माध्यम हुन्छ भन्ने व्यावहारिक रुपमा महसुस गराउन आवश्यक छ ।’

प्रकृति र जैविक विविधताको संरक्षण त्यति बेला हुन्छ जति बेला स्थानीयले वन्यजन्तु हाम्रा बाधक होइनन् भन्ने बुझ्नेछन् भन्दै उनले उनीहरुका लागि वन्यजन्तु संरक्षण गर्न प्रेरित गर्ने लक्षित कार्यक्रम सञ्चालनतर्फ ध्यान पु¥याउन सुझाव दिए।

विश्व वन्यजन्तु कोष नेपालका निर्देशक डा. घन गुरुङले मुलुकको दीगो विकास र पर्यटन प्रवद्र्धनमा वन्यजन्तु संरक्षणको निकै ठूलो योगदान रहने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाली सेनालाई प्रकृति र वन्यजन्तु संरक्षणमा पु¥याएको योगदानको कदरस्वरुप ‘प्रकृति संरक्षण रजत महोत्सव’ सम्मान प्रदान गरियो।

सो अवसरमा जनसंख्या र भूगोलको हिसाबले नेपाल मझौला मुलुक भएपनि लोपोन्मुख वन्यजन्तु संरक्षण र जैविक विविधताका हिसाबले विश्वमै धनी रहेको तथा वन्यजन्तु संरक्षणमा हासिल गरेको प्रगतिको योगदान झल्कने वृत्तचित्र प्रस्तुत गरिएको थियो । रासस

ताजा समाचार

सम्बन्धित समाचार