Friday, November 7, 2025

जापानले उपलब्ध गराउने ६८ करोड पुनर्निर्माण र बाढीपहिरो नियन्त्रणमा खर्च गरिने

तस्बिर सौजन्य : नेपालका लागि जापानी दुुतावास

काठमाडौं–जापानले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि ६८ करोड ३२ लाख सहयोग उपलब्ध गराउने भएको छ।

जापानले उपलब्ध गराउने सहयोग सम्झौता पत्रमा शुक्रबार अर्थमन्त्रलायका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदुत मासासी ओगावाले हस्ताक्षर गरेका छन्।

जापानी राजदूत ओगावाले भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक विपद्को सामनाका गर्न क्षमता विस्तारका लागि सहयोग गरिएको बताए।

सचिव खनालले आर्थिक सहायता रकम प्राकृतिक विपद्बाट क्षति भएका संरचना निर्माण र बाढीपहिरो नियन्त्रणमा खर्च गरिने बताए।

 

ताजा समाचार

सम्बन्धित समाचार