Saturday, October 26, 2024

‘जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छ’

१० कात्तिक, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) सम्मेलनको पूर्वसन्ध्यामा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारले जलवायुजन्य क्षेत्रमा काम गरिरहेको बताए ।

कोप–२९ मा पनि नेपालले जलवायुजन्य मुद्दाको नेतृत्व गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले नेपाल जलवायुजन्य प्रभावलाई सबैभन्दा बढी रोक्नसक्ने भूगोल भएको समेत बताउनुपर्ने धारणा राखे ।

जलवायु वित्त, जलवायु न्यायका विषयमा अहिले नेपालले खरो आवाज उठाइरहेको जिकिर गरेका ओलीले भने, ‘आज हामी खास गरी कोप–२९ को तयारीका सन्दर्भमा नेपालको त्यहाँ पोजिसन, हाम्रो अडान, दृष्टिकोण के हुने भन्ने विषयमा छलफल गरिरहेका छौ । मैले विश्वास लिएको छु, यस सम्मेलनले यी विषयहरू उपयुक्त र पर्याप्त जवाफ निकाल्छ ।’

विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको सन्दर्भमा विश्वमा भएको कार्बन उत्सर्जनले हिमाल जोगाउनु र नेपालले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु विश्वको हितमा हुने उनको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार