Saturday, October 26, 2024

कञ्चनलाई राखियो प्रदर्शनीमा

९ कात्तिक, ललितपुर
जावलाखेलस्थित चिडियाखानामा हिउँ चितुवा समेत अवलोकनका लागि खुला गरिएको छ ।

गत वर्षदेखि सदर चिडियाखानाका चिकित्सक र प्राविधिकको निगरानीमा रहेको हिउँ चितुवा आज (शुक्रबार)देखि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले शुक्रबार अपराह्न हिउँ चितुवा अवलोकनको शुभारम्भ गरे ।

करिब १० महिनाअघि मोरङको उर्लाबारी–१ स्थित चारघरेबाट उद्धार गरिएको यो भाले हिउँ चितुवालाई चिडियाखानाले ‘कञ्चन’ नाम दिएको छ । ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा विचरण गर्ने क्रममा बाटो बिराएर यो जन्तु तराई झरेको अनुमान गरिएको छ ।

खुट्टामा चोट लागेको अवस्थामा भेटिएको हिउँ चितुवा स्वास्थ्य सुधार भएर सामान्य भएपछि एसीसहितको खोर र अन्य संरचना बनाएपछि अवलोकनमा राख्न योग्य भएको चिडियाखानाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार