Monday, October 21, 2024

चिडियाखानाको व्यवस्थापन कोषलाई हस्तान्तरण

४ कार्तिक, काठमाडौं
सरकारले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने भएको छ । शुक्रबार (२ कार्तिक)को मन्त्रिपरिषद् बैठकले कोषलाई यस्तो जिम्मेवारी सुम्पिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरूङले शुक्रबारको मन्त्रिपरिषद्का विविध निर्णयबारे जानकारी दिँदै यस्तो बताएका हुन् । कोषले २०५२देखि चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको छ ।

कोषले ३० वर्षका लागि व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने अवसर पाएको अवधि सकिन लाग्दा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो । विसं १९८९मा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले आफ्नो निजी शौखका लागि जावलाखेलमा चिडियाखाना स्थापना गरेका थिए ।

प्रजातन्त्रको स्थापनापछि तत्कालीन सरकारले सरकारी स्वामित्व मातहत रहनेगरी सदर चिडियाखाना सञ्चालन गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार