Friday, October 18, 2024

बाहिरियो मनसुन

२६ असोज, काठमाडौं
यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० देखि बाहिरिन सुरू गरेको मनसुन आज (शनिबार) बाट पूर्ण रूपमा बहिर्गमन भएको हो ।

शनिबार अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका वाग्मती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो । यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णाली, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकाबाट पूर्ण रूपमा र वाग्मती र मधेस प्रदेशमा आंशिक रूपमा मनसुन बाहिरिएको थियो।

शनिबार भने मधेस र वाग्मतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो। यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने ४ दिन ढिला गरी बाहिरिन सुरू भएकोमा ६ दिनपछि पूर्ण रूपमा बाहिरिएको मौसम विभागले जनाएको छ ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार