Friday, October 18, 2024

बाढी पहिरोमा अझै १९ जना बेपत्ता

२० असोज, काठमाडौं
हालैको बाढीपहिरोमा परी अझै १९ जना बेपत्ता छन् । २ सय ४४ जनाले ज्यान गुमाउँदा १ सय ७९ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १ सय ७४ जनाको उद्धार गरिएको छ । सहायता परिचालन र अवरूद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

‘बाढीपहिरो पीडितको विवरण संकलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ,’ तिवारीले भने, ‘स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ ।’

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका परिवारलाई प्रतिमृतक २ लाख रूपैयाँका दरले सहायता रकम उपलब्ध गराएको छ । हालसम्म यस्तो सहायता १ सय ६० परिवारले पाइसकेका छन् ।

बाढीपहिरो सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ । काभ्रेमा हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार