Sunday, October 6, 2024

हात्तीको आक्रमणमा माहुतेको निधन

१८ असोज, चितवन
हात्तीको आक्रमणबाट माउतेको निधन भएको छ । चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्रका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र फर्किने क्रममा बिहीबार (१७ असोज) साँझ उनको निधन भएको चितवन राष्ट्रिय निकुञ्ज प्रमुख डीलबहादुर पुर्जा पुनले बताए ।

सिंह सर्लाहीको हरिपुर नगरपालिका–६का स्थानीय हुन् । खोरसोर नजिकको पुल पार गरेर आउने क्रममा सिमलको रूखमुनि बसेको हात्तीले आक्रमण गर्दा उनको मत्यु भएको पुनले पुष्टि गरे । सिंहसँगै रहेका अर्का एक जना भने भागेर बाँच्न सफल भएका छन् ।

बिहीबार विहान झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको थियो । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेपछि निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार