Sunday, October 6, 2024

बाढी पहिरोमा २३९ जनाको निधन

१८ असोज, काठमाडौं
हालैको बाढीपहिरोमा २ सय ३९ जनाको निधन भएको छ । अझै १९ जना वेपत्ता र १ सय ७७ जना घाइते छन् ।

बाढी, पहिरो प्रभावित क्षेत्रबाट १७ हजार १ सय ३१ जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । वर्षाले क्षति बनाएका सडक मर्मत गरी यातायात सञ्चालनको तयारी भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले बताए ।

वर्षाले बिपी राजमार्गका अधिकांश ठाउँमा अवरोध पुगेको छ । सो मार्ग अवरुद्ध भएपछि काठमाडौंको नागढुंगा नाकाहुँदै बाहिरिने सवारी साधनको चाप बढेको छ । यो मार्गमा पहिरो खसे तत्कालै पन्छाउने व्यवस्था मिलाइएको गृह मन्त्रालयको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार