Friday, September 20, 2024

मगर गोहीको उद्धार

४ असोज, कैलाली
यहाँको सिमसार क्षेत्रमा एउटा वयस्क मगर गोहीको उद्धार गरिएको छ । सानो ओजुवा तालबाट निस्किएर बस्तीतर्फ जाँदै गरेको गोहीलाई घोडाघोडी नगरपालिका–१मा उद्धार गरी घोडाघोडी तालमा छोडिएको छ ।

गोही कुलो हुँदै बस्तीतर्फ जाँदै गरेको देखेर स्थानीयले वन कार्यालयलाई खबर गरे लगत्तै आज विहान (४ असोजमा) डिभिजन वन कार्यालय पहलमानपुरका अधिकारीले नियन्त्रणमा लिएका हुन् । सो गोही ६० देखि ७० किलो हाराहारीको रहेको डिभिजन वन अधिकृत विश्वराज पण्डितले जानकारी दिए ।

जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा मगर गोहीको संख्या बढ्न थालेपछि स्थानीयका खेतवारीमा देखिन थालेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार